Butwal-8, Rupandehi, Nepal

थाइरोइड

पेज बन्दै छ , केहि समय पर्खिनुहोस 

के हो थाइराइड  ? 

रुद्र घन्टीको थोरै तल रहॆको पुतली आकारको सानो ग्रन्थि नै थाइराइड ग्रन्थि हो।  यसको कारणले हुने समस्याहरुलाई नै आम भाषामा थाइरोइड रोग भन्ने गरिन्छ।  यो रोग नसर्ने रोगहरुको समुहमा पर्दछ।  अहिले मधुमेह (सुगर) पछि चर्चामा रहेको रोग नै थाइरोइड हो। ५० मध्य १ महिलामा यो रोग देखिने गर्दछ, तेसैले पुरुष भन्दा महिलाले यो बिषयमा जान्न जरुरी छ। यो थाहा पाउन थाइरोइड परिक्षण गर्न जरुरि छ।  

तर के तपाईलाई थाहा छ के हो यो थाइरोइड रोग ?

थाइरोइड 

पुतली आकारको २ इन्च लामो, रुद्र घन्टी भन्दा थोरै तल स्वाश नलीलाई  बेरेर बसेको ग्रन्थि थाइरोइड ग्रन्थि हो।  यो ग्रन्थिको प्रमुख काम TSH () को निर्देसनमा थाइरोक्सिन (T4 र T3 ) नामक हर्मोन निस्कासन गर्नु हो जसले हाम्रो शरीरको सम्पूर्ण भागमा पुगेर त्यहाको बिकाश एबं क्रियाकलापलाई नियन्त्रण गर्दछ। तेसैलेनै यसको खराबीले कुनै एक किसिमको लक्षण भन्दा पनि मिस्रित किसिमको लक्षण देखिने गर्दछ।

के हो T3 र T4  हर्मोन ?

T4  हर्मोन:
थाइरोइड ग्रन्थि बाट निस्कासन हुने हर्मोन हो।  रगतमा यसको मात्रा T3 को तुलनामा धेर्रै हुन्छ। रगतमा यसको केहि मात्रा प्रोटिन संग जोडिएर बसेको हुन्छ भने केहि मात्रा स्वतन्त्र हुन्छ जसलाई fT4 भनिन्छ। यसको काम भनेको T3 को स्रोत हो।  आवश्यक स्थानमा T4,  T3 मा परिणत हुने गर्दछ। 

T3 हर्मोन : 
थाइरोइड ग्रन्थि बाट थोरै निस्कासन हुने र आवश्यक स्थानमा T4,  T3 मा परिणत हुने गर्दछ। रगतमा यसको पनि केहि मात्रा प्रोटिन संग जोडिएर बसेको हुन्छ भने केहि मात्रा स्वतन्त्र हुन्छ जसलाई fT4 भनिन्छ। 

fT3 हर्मोन नै सक्रिय हर्मोन हो। येसैको मद्दतले हरेक कोषले शक्ति खर्च गर्दछ, मस्तिस्क र हड्डीको विकास गर्दछ।   

 

थाईरोइड  हर्मोन बन्ने प्रक्रियाको नियन्त्रण 

  • मस्तिस्कको बीच भागमा रहेको पिटुटरी ग्रन्थि बाट निस्कासन हुने TSH होर्मोनले थाइरोइड  हर्मोन बन्ने प्रक्रियालाई नियन्त्रण गर्दछ।  
  • यदी  रगतमा fT3 को मात्रा कम भएमा मस्तिस्कको बीचमा रहेको पिटुटरी ग्रन्थिले थाहा पाएर TSH बढी निस्कासन गर्दछ। TSH बढी निस्कासन भए थाइरोइड  ग्रंथिलाई थाइरोइड  हर्मोन बनाउन दबाब दिने गर्दछ। जसले गर्दा fT3 को मात्रा बढ्न सुरु हुन्छ। 
  • यदी रगतमा fT3 को मात्रा बढी भएमा मस्तिस्कको बीचमा रहेको पिटुटरी ग्रन्थिले थाहा पाएर TSH कम निस्कासन गर्दछ। TSH कम निस्कासन भए थाइरोइड  ग्रंथिलाई थाइरोइड  हर्मोन बनाउन कम दबाब दिने गर्दछ। जसले गर्दा fT3 को मात्रा धेरै हुन दिदैन र येही प्रक्रिया बाट रगतमा थाइरोइड  हर्मोन सन्तुलित रहन्छ।  

प्रश्न १ : मेरो fT3 र fT4 हर्मोन ठिक मात्रामा छ, तर TSH धेरै छ ?
उत्तर: यसलाई नदेखिएको हाइपोथाइरोइड (Subclinical Hypothyroidism) भन्दछन्। तपाइको fT3 र fT4 हर्मोन को मात्रा TSH को दबाबमा मात्र सन्तुलित छ।  बिस्तारै यो दबाब बढ्दै जान्छ र एस्तो समय आउछ जसमा TSH को मात्रा अत्याधिक हुन्छ तर fT3 र fT4 को मात्रा आवश्यक भन्दा कम नै हुन्छ। त्यसैले TSH को मात्रा हेरेर चिकित्सकको परामर्समा औषधी खानु पर्ने हुन सक्छ। कोहिको TSH मात्रा आफै सही  हुदै जान्छ र औषधी खानुपर्ने बाध्यता रहदैन। 

प्रश्न २ : TSH धेरै हुदा किन हाइपो-थाइरोइड (थोरै थाइरोइड) भनिएको हो ?
उत्तर: थाइरोइड हर्मोन भनेको T3  र  T4 हर्मोन हो। TSH भनेको थाइरोइड नियन्त्रण गर्ने तत्व हो। यसलाई बुझ्न स्कूटी चलाउनु संग तुलना गर्दा हुन्छ। स्कुटीको स्पीड T3 /T 4  हो र बटार्ने अक्सिलेटर TSH हो। बाटो अनुसार स्पीड घटे एक्सिलेटर बढाउनु पर्छ , स्पीड बढे एक्सिलेटर घटाउनु पर्छ।                            

थाईरोईड बन्न चाहिने तत्वहरु : आइरन, आयोडिन, प्रोटिन, जिङ्क , सेलेनियम, भिटामिन बी-२, बी-३, सी, र डी 
थाइरोइड  बन्न रोक्ने तत्वहरु: तनाब, फ्लोराइड, संक्रमण, बिषादीहरु र केहि औषधीहरु 

थाइराइड  रोगका प्रकारहरु 

  1.  हाइपो-थाइरोइड (Hypothyroidism): 
  2. हाइपर-थाइरोइड (Hyperthyroidism) :

 

  1. हाइपो-थाइरोइड (Hypothyroidism)

 fT3 र fT4को मात्रा घटी, TSH को मात्रा बढ्ने स्तिथिलाई हाइपो-थाइरोइड भनिन्छ। यो प्रकारको थाइरोइड रोग पुरुष भन्दा बढी महिलाहरुमा देखिने गर्दछ र उमेर अनुसार अझ बढ्दै जान्छ। कहिले काही गर्भवती महिलामा पनि देखिने गर्दछ जसको समयमै उपचार नभए गर्भमा रहेको बच्चाको विकासमा अबरोध हुन सक्छ।।  यो रोगका धेरै कारणहरु हुन्छन। 

  • हाशिमोटो रोग (The Hashimoto’s disease)
    यो आफ्नै शरीरको बिरुद्ध लड्ने रोग हो जसले थाइरोइड ग्रन्थिमाथि आक्रमण गर्दछ। यसको कारण पत्ता  नलागेपनि बंषाणु संग सम्बन्धित हुन सक्ने बताइएको छ। 
  • थाइरोइड ग्रन्थिको सुजन  (The Thyroiditis)
    थाइरोइड सुन्निएको कारणले थोरै थाइरोइड हर्मोन उत्पादन गर्ने गर्दछ।  यो अवस्था पहिला हाइपर-थाइरोइड भइ पछि हाइपो-थाइरोइडमा परिणत हुन्छ। 
  • The radioactive treatment for hyperthyroidism
    हाईपर थाइरोइडको उपचारको लागि लिएको विकिरण पद्दतिले गर्ने क्षतिको कारणले पनि हाइपोथाइरोइड हुन सक्दछ। 
  • आयोडिनको कमी (The problem if iodine deficiency)
    आयोडिन  युक्त नुन नखानाले अथवा आयोडिन शरीरमा प्रयाप्त नहुनाले पनि हाइपो थाइरोइड रोग हुने गर्दछ। 

 

  1. हाइपर-थाइरोइड (Hyperthyroidism):

     fT3 र fT4को मात्रा बढी, TSH को मात्रा घट्ने स्तिथिलाई हाइपर-थाइरोइड भनिन्छ। यो रोगका धेरै कारणहरु हुन्छन। 
  • ग्रेबिज रोग (The Graves’s disease)
    यो आफ्नै शरीरको बिरुद्ध लड्ने रोग हो जसले थाइरोइड ग्रन्थिमाथि आक्रमण गर्दछ। यो युवा युबतिमा हुने प्रमुख हाइपर-थाइरोइड रोगको कारण हो. यो रोगमा शरीरले TSH जस्तै प्रतिरोधक तत्वको अनियन्त्रित निर्माण गर्दछ जसले TSH ले जस्तै T3/T4 बनाउन थाइरोइड ग्रन्थीलाइ दबाब दिन्छ। 
  • थाइरोइड ग्रन्थिमा हुने गाठो  The Nodules in the gland
    थाइरोइड ग्रन्थिमा बन्ने गाठोले आफै थाइरोइड हर्मोन उत्पादन गर्न थालेमा हाइपर-थाइरोइड रोग लाग्दछ।यस्तो  गाठो एउटा वा धेरै पनि हुन सक्छ। 
  • पिटुटरी ग्रन्थि वा थाइरोइड ग्रन्थिको क्यान्सर (Pituitary Gland or Thyroid Gland Tumor)
  • थाइरोइड ग्रन्थिको सुजन (The Thyroiditis)

हाइपो-थाइरोइडका लक्षणहरु 

  • शाररिक थकान र कमजोरी 
  • तौल बढ्नु वा घटाउन गारो हुनु 
  • कपाल सुक्खा हुनु, झर्नु
  • छाला सुक्खा हुनु, पहेलो हुनु
  • शरिरको भागहरु सुन्निनु 
  • मांसपेसी बाउडीनु अथवा दुखनु
  • चिसो सहन नसक्नु अथवा चिसिनु 
  • मानसिक थकान अथवा डिप्रेसन 
  • महिनाबारी गडबड हुनु 
  • रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नु 
  • घाटी सुन्निनु वा निल्दा गारो हुनु
  • चिडचिडापन हुनु 
  • कब्जियत हुनु 
  • स्मरण शक्तिमा ह्राश आउनु 
  • गर्भ नरहनु वा खेर जानु 

हाइपर-थाइरोइडका लक्षणहरु 

  • थकान हुनु 
  • तौल घट्दै जानु 
  • हात खुट्टा काप्नु 
  • धेरै पसिना आउनु 
  • धड्कन बढ्नु, आत्तिनु 
  • तातो सहन नसक्नु, शरीरको तापक्रम बढ्नु 
  • क्षण क्षणमा दिशा लाग्नु
  • निन्द्रा नलाग्नु 
  • महिनावारी रोकिनु वा ढिलो हुनु
  • घाटी सुन्निनु

 


थाइराइड रोगको पहिचान कसरी गर्ने त ?

यदी  तपाई हरुसंग यस्तो  किसिमको लक्षण छ भने एक मात्र उपाय हो रगतमा थाइरोइड परिक्षण ।  

थाइरोइड परिक्षण मा के के पर्दछन ?

   १. Free T3 (fT3)
   २. Free T4 (fT4)
   ३. Thyroid Stimulating Hormone (TSH)
   ४. Anti-TPO Antibody

थाइरोइडका अन्य परिक्षणहरु 
    माथिका परिक्षणहरुबाट थाइरोइड  रोग भए नभएको थाहा भए पनि कारण पत्ता लगाउन अन्य परिक्षण गर्नु पर्ने हुन सक्छ।  

 १. Radioactive Iodine Uptake (RAIU) -  थाइरोइड हर्मोन बनाउन आयोडिन आवश्यक पर्दछ। यो परिक्षणमा बिकिरण युक्त आयोडिन खुवाई थाइरोइड ग्रन्थीले कति मात्रामा आयोडिन लिन्छ त्यो हेरिन्छ। 

२. थाइरोइड भिडियो एक्स रे - यसबाट थाइरोइड ग्रन्थिको क्यान्सर वा सिस्ट पत्ता  लाग्दछ।

३. थाइरोइड ग्रन्थिको जाच - सुइको माध्यमले वा अपरेसन गरेर निकालेको ग्रन्थिको टुक्रालाई जाच गरि थाइरोइड ग्रन्थिको अवस्था हेरिने जाच हो। 

थाइरोइड रोगीले के गर्ने के नगर्ने ?

१. कम परिश्रम गर्नु पर्ने ब्यायाम दिनहु गर्नाले थाइरोइड ग्रन्थि स्वस्थ रहन्छ।  
२. ध्यान वा योगा बाट पनि थाइरोइडको अवस्था सुध्रन सक्छ।
३. बजारी खाना भन्दा अर्गानिक खाना खाने बानी  बसाल्नाले केमिकल तथा बिषादीहरुले शरीरमा प्रबेस गर्न पाउदैनन।  
 ४. थाइरोइड रोगीले अपनाउनु पर्ने खानाको तालिकाबाट पनि थाइरोइड अवस्था सुधार हुन सक्दछ। 

The Absolute Diet
Yes it is true that the diet for a hypothyroid patient should be nutritionally balanced in order to aid in recovery from all the various kinds of nutritional deficiencies like selenium and iodine, which actually hamper functioning in the body.

Avoid foods like pastas, potatoes, yam, and sweet potato. Instead, these should be replaced by some complex carbohydrates in the form of fiber-rich foods like;

  • Whole cereals
  • Vegetables
  • Whole pulses

There are some complex fibers that keeps you full without having any much and stop you from the overeating. Once you start losing your weight, your body’s cells will always become more responsive to insulin.

You must also restrict some foods with the high glycemic index, such as the corn, white bread, refined flour, muffins, cakes, rich desserts etc. because these always cause excess glucose in the blood, which ultimately gets converted into fat.

The Goitrogens are indeed the substances that always suppress the entire functioning of the thyroid gland by simply interfering and blocking all the enzymes that always allow the thyroid to use iodine. This ultimately leads to the enlargement of the thyroid (goitre) gland because it is the gland that starts producing more number of cells to counter the deficit. The goitrogens-rich foods should not be any time avoided completely as they always provide a lot of nutrition too. Simply you must watch out for the portion size and whether it’s heated or not because it is the heat that completely deactivates the goitrogenic compounds. Some of the goitrogen-rich foods are soya and its products, broccoli, brussel sprouts, cabbage, kale, mustard greens, cauliflower, radishes, turnips, spinach, strawberry and peanuts etc.

The diet of any kind of thyroid patients should importantly be rich in selenium as well as iodine because problem becomes more troublesome when the person is already suffering from iron deficiency. It is indeed Iodine that majorly plays an important role in the complete synthesis of the thyroid hormone and Selenium helps in the total recycling of iodine by the body. Natural sources of selenium as well as iodine include seafood, Brazil nuts, eggs, tuna, salmon, sunflower seeds etc.

There are some other nutrients that actually boost the thyroid functions like Zinc, Riboflavin, Niacin, and vitamin E, and are available in abundance in all kinds of green leafy vegetables, fruits, nuts and whole cereals.

Also, it is the water retention that can be lowered with the help of following tips:

  • Always avoid salted nuts, the salted crackers, pickles, sauces, salt preserved foods etc.
  • It is all the time suggested to have plain salad without salt.
  • Avoid the drinking of soft drinks because the carbonation in soft drinks leads to water retention.
  • Avoid the usage of fried food because fried food takes longer to digest and therefore makes you feel heavy and bloated.
  • Always eat slowly to help digest your food better.
  • Drink almost 10-12 glasses of water in a day.
  • Exercise daily for more than 30 min because this is a normal body starts losing weight after 20 minutes of exercise, whereas a body with condition like hypothyroidism takes longer.
  • Always go for brisk walk for at least 15 min to 20 min after each meal.
  • It is important to always include fruits and beverages like coconut water, some plain lemon water etc. in your diet.
  • It is always better to avoid having raw vegetables like broccoli, cabbage etc.

Hence it can be concluded that when it comes to the process of reducing your Thyroid, only medication and some authentic thyroid blood test fasting procedures are the best available options. You must always have some diet chart along with some effective meditation. These are some of the physical activity that will always keep your hormones under control and therefore, you will be able to manage your bodily hormones more effectively. Hence weaning off of stimulants, like coffee, soda and tea, can definitely help the adrenal gland to function at a normal pace without any pressure.

स्रोतहरु  : 

  1. https://www.webmd.com/women/guide/understanding-thyroid-problems-basics#1